२०८१ चैत्र ३०, शनिबार
चार वर्ष अगाडिदेखि सञ्चालनमा आएको मुस्लिमहरूको धार्मिक विद्यालय मदरसा गुल्सने मदिनामा पाका ठूला उमेरका नागरिकले सातामा एक दिन एवं साना बालबालिकाले दैनिक रूपमा बिहानमा नमाज पढ्ने गरेका थिए ।
मदरसामा दैनिक १५-१६ जना बालबालिकाले नमाज पढ्ने स्थानीय कमल खत्रीले जानकारी दिए । तर, सोही मदरसाका प्रशिक्षक २३ वर्षीय रहिस खाँ बालिका हत्या आरोपमा प्रक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्दका लागि २० कात्तिकमा गाउँपालिकालाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा पालिकाले मदरसा सञ्चालनको अनुमति रद्द गरेको अध्यक्ष युवराज केसीले बताए ।
गत १७ कात्तिकमा स्थानीय खोलाको बीचमा शव फेला परेको चन्द्रकोट–४ बस्ने मनीषाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । खाँ हाल अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा छन् । उनलाई गुल्मी जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
बाँकेको खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने खाँ विगत केही समयअघि मात्रै मदरसाको प्रशिक्षकका रूपमा चन्द्रकोट आएका थिए । मदरसामा पहिले स्थानीय व्यक्ति नै प्रशिक्षक थिए तर समितिले स्थानीयलाई हटाएर खाँलाई प्रशिक्षकका रूपमा ल्याएको थियो ।राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे