२०८१ चैत्र २०, बुधबार
कावासोती नगरपालिका वडा नं ६ विष्णुनगरमा रहेको जनता माध्यमिक विद्यालयमा सो अभिमुखिकरण सम्पन्न गरिएको छ । कार्यक्रममा बिद्यार्थीहरुलाई वातावरण भनेको के हो ? पर्यावरण अनुकुल वातावरण भनेको के हो ? यसको किन महत्त्व छ ? प्रदुषण भनेको के हो ? प्रदुषणका प्रकारहरु केके हुन् ? प्रदुषण हुने कारण र प्रदुषणका प्रभावहरु के के हुन् ? वातावरण संरक्षणका उपायहरु के के हुन सक्छन् ? वातावरण संरक्षणमा किशोर किशोरी र बालक्लवको जिम्मेवारी के हो? यसमा कसरी भुमिका निर्वाह गर्न सकिन्छ ? भन्ने विषयहरुमा छलफल भएको थियो ।
कावासोती नगरपालिकाकामा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका साथी शिक्षकहरुले विभिन्न बिषयमा जानकारी दिने अभियान अन्तर्गत बाताबरण संरक्षण र यसमा सहभागिता अभिबृद्दिको लागि कक्षा संचालन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनु भयो ।
आजको कार्यक्रममा किशोरी अभियन्ताहरु साथी सवनम सुनार, युतिका तिवारी र शशि कार्की क्षेत्रिले पावर पोइन्टको माध्यम र चार्टमा तयार गरि कार्यक्रमको विषयवस्तु बारे प्रस्तुतिकरण गर्दै सहजीकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रम विद्यालय बालक्लवको सचिव योजना भण्डारीको सभाध्यक्षता र कावासोती वडा नं ६ का वार्ड सदस्य चुरीकला बस्यालको प्रमुख अतिथ्यता, कावासोति नगर स्तरीयबाल संजालका अध्यक्ष मनिष न्यौपाने, विद्यालयका शिक्षकशिक्षिकाहरु, कक्षा १० मा अध्ययनरत किशोरकिशोरीहरु, बालक्लवका प्रतिनिधिहरु, साथी शिक्षकहरु र जागृती बाल तथा युवा सरोकार नेपालका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त छलफल कार्यक्रम २५ जना किशोरी, २२ जना किशोर, ३ जना महिला र २ जना पुरुष गरि ५२ जनाको उपस्थिति रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे