२०८१ चैत्र २०, बुधबार
????????(??????? ???????????)?? ??????? ?????????-? ????? ?????? ?????????? ????? ??? ? ?????????? ??? ? ????? ?????? ???? ? ??? ?? ??? ?????? ????? ???? ??? ???????? ???????????? ????? / ????
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।
योसँगै दुर्घटनामा परी ज्यान जानेको संख्या सात पुगेको छ। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।
दुर्घटनामा मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन्। मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन। उक्त जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे