२०८१ मंसिर ७, शुक्रबार
आज भएको शेयर कारोबारमा ४२ कम्पनीका शेयरधनीले कमाएका छन् भने १९० कम्पनीका शेयरधनीले गुमाएका छन् । ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज कारोबार भएकामध्ये विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेर ६५७ रुपैयाँ पुगेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन् । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४८ रुपैयाँले घट्दै ६३५ रुपैयाँ कायम भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे