२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ, १४ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। आज १८.०६ अंकले घटेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १८.०६ अंकले घट्दै १८ सय ५८.५३ विन्दुमा झरेको हो ।
यस्तै आज सेयर बजारको सेन्सेटिभ इन्डेक्स समेत २.८० अंकले घट्दै ३५६.०८ अंकमा रोकिएको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्डबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।
हाइड्रोपावर समूहको उपसूचक आज १.७३ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.५९ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.५६ प्रतिशतले घटेको छ । बाँकी अरु ९ वटा उपसूचक १ प्रतिशतले घटेका छन् ।
तथापि, आज म्युचुअल फन्डतर्फको उपसूचक भने ०.११ प्रतिशतले बढेको छ । १८ अंक माथिले घटेको बजारमा आज १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे