२०८१ मंसिर ७, शुक्रबार
न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको ईजलासमा मंसीर ५ गतेबाट निरन्तर सुनुवाई भईरहेकोमा हिजो बिहिबार दुवै पक्षको बहस सकिएको थियो। बहस टुंगिएपनि उक्त मुद्दालाई बिहीबार हेर्दाहेर्दैमा राखिएको छ।
गत असार १ गते काठमाडौं जिल्ला अदालतले अभियुक्तहरुलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे थुनामा रहेका छन् ।
यस्तै, शरणार्थी प्रकरणका विचौलियाहरु सानु भण्डारी, केशव दुलाल, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ लगायत पनि थुनामा रहेका छन् ।
उनीहरुले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोग उनीहरुमाथि लागेको छ ।
सरकारले उनीहरु विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको अघि बढाएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे