२०८१ मंसिर ९, आईतबार
पौष २ गते भरतपुर स्थित चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको कार्यालयमा साधारण सभा हुन लागेको संघका चितवन अध्यक्ष किशोर बगालेले जानकारी शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।
पौष २ गते चितवनमा हुने साधारणसभामा ६४ जिल्लाका ८३३ सदस्य संस्थाहरूमध्ये ३५ वटा जिल्ला संघ, ७९८ वटा सहकारी संस्थाका प्रतिनिधिहरू चितवन आउनेछन्।
साधारणसभाको बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाट गर्ने कार्यक्रम रहेको छ।
सभामा दुग्ध सहकारीमा व्यावसायिक रूपमा आवद्ध हुनुभएका कृषक र सम्बन्धित जिल्लाको सहकारी संघबाट प्रतिनिधित्व गर्दै पाहुनाहरू आउने कार्यक्रम छ। साथै दुग्धजन्य व्यवसाय गरि संघमा आवद्ध नहुनुभएका र निजी लगानीमा दुग्धजन्य व्यवसाय गर्दै आएका किसानहरूलाई पनि कार्यक्रमले समेट्ने बगालेले बताउनुभयो।
भोलि पौष २ गते हुने साधारण सभाको लागि पाहुनाहरूलाई खाना तथा खाजाको व्यवस्था समेत गरिएको छ। साधारण सभा सम्पन्न गर्न सचिव कल्याण अधिकारीको संयोजकत्वमा ३ सदस्यीय साधारण सभा व्यवस्थापन समिति गठन गरिएको छ। समितिको कोषाध्यक्षमा छविलाल भुषाल र सदस्यमा कल्पना आचार्य रहनुभएको छ। चितवन बाहिरबाट आउने पाहुनाहरूलाई सहज र व्यवस्थित रूपमा बस्नका लागि सम्पूर्ण तयारी सम्पन्न गरिएको बगाले बताउनुहुन्छ।
चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघले २९ औँ केन्द्रीय साधारण सभा चितवनमा गर्ने सौभाग्य प्राप्त गरेकोमा यसले चितवनको दुग्ध व्यवसाय गर्ने कृषकहरू र हामी संघमा आवद्ध सबैलाई थप हौषला प्रदान गरेको बगालले जानकारी दिनुभयो। अन्त्यमा चितवनमा पनि दुग्धजन्य पदार्थ उत्पादन गरि संघमा आवद्ध नहुनुभएका कृषकहरूलाई पनि संघमा आवद्ध हुन उहाँले आग्रह गर्नुभयो।
भिडियो:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे