२०८१ चैत्र २०, बुधबार
बिहान करिब ९:३० बजे नवलपुरको मध्यबिन्दु ५ पतवारीमा बस्ने बर्ष ७६ कि मन कुमारी बोहराले आफ्नै घरको भान्साकोठामा आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किन गई घाईते भएकी हुन्।
आगो निभाउने क्रममा भान्साकोठाको छानो खरको रहेको हुनाले आगोले छानोमा भेटी आगोलागी हुदा संगै सटिएर रहेको निजकै गोठमा रहेको २ वटा बाख्राको पाठा पाठी जली घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक (सूचना अधिकारी) साजन कुमार शर्माले बताउनुभयो।
निज मन कुमारीको कम्मर देखी मुनिको भागमा जलेको निजलाई उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ। उनको अवस्था मध्यम रहेको र उक्त आगो प्रहरी र स्थानिय द्धारा नियन्त्रणमा लिएको शर्माले जानकारी दिनुभयो। उक्त आगलागीबाट अन्दाजी एकलाख बराबरको क्षती भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे