२०८१ मंसिर ६, बिहिबार
किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत बिधालय स्तरीय सचेतनामुलक कार्यक्रम आयोजना गरिएको आयोजक सस्थाकी सामाजिक परिचालक राधा देवी बोटेले बताईन्।
कार्यक्रममा सहभागीलाई बाल अधिकार र बाल अधिकारका ४ खम्बाहरु, किशोरी अधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री वार्ड र नगरपालिका निर्माणमा बालबालिका र बालक्लवको भुमिका, बालबालिकामा लगानीका लागि सरोकारवालाहरुमा हुनु पर्ने चासो र लगानी गर्नु पर्ने कारणहरु, अर्थपूर्ण सहभागिता र नगर, प्रदेश र केन्द्रमा बालबालिकाका लागी भएका राम्रा प्रयासहरुको बारेमा सहजीकरण गरिएको थियो ।
उक्त कार्यक्रममा किशोरी अभियन्ताहरु मान्सु न्यौपाने र अलिसा पन्थीले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य, कार्यक्रमको विषयबस्तु र कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी शसक्तिकरण कार्यक्रम तथा बालमैत्री अभियानका लागि सरोकारवाला हरुसंगको समन्वय सहकार्यमा गरिरहेको विभिन्न गतिविधिहरुको बारेमा बताउँदै कार्यक्रम संचालन गरिएको थियो।
कार्यक्रममा रोट्र्याक्ट नवलपुर सिटिका निवर्तमान अध्यक्ष बुलेट सिग्देलले बालबालिकाले यो उमेरमा यस्ता कुराहरु सिक्न अति नै आवश्यक रहेको, यस्ता कुराको जानकारीले बौद्धिक रुपमा मात्र नभई शैक्षिक रुपमा पनि सहयोग पुर्याउने र हामिलै अनुशासित र जिम्मेवार बनाउन सहयोग पुर्याउने बताए।
कार्यक्रममा आयोजक सस्थाका सामाजिक परिचालक राधा बोटेले बालबालिका आफैमा पनि अनुशासित बन्नु पर्ने, अधिकार माग्ने मात्र नभई पहिले आफ्ना कर्तव्यहरु पनि पूरा गर्नु पर्ने कुरा बताउछिन्।
विद्यालय बाल क्लबकी सदस्य कृशला न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने रोट्र्याक्ट नवलपुर सिटिका अध्यक्ष ऋषि गौतम र निवर्तमान अध्यक्ष बुलेट सिग्देल अतिथिको रुपमा उपस्थित थिए ।
उक्त कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना र क्यान्नलनको सहयोग र कन्सोर्टियम नेपाल र रोटर्याक्ट नवलपुर सिटिको समन्वय रहेको थियो भने कार्यक्रममा बालबालिकाहरु र अन्य गरि जम्मा ५५ जना को सहभागिता रहेकोे थियो
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे