२०८१ मंसिर ८, शनिबार
नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब स्वरूप उनले बिहान १० बजे गैंडाकोटबाट पैदलयात्रा सुरू गरेका हुन्।
आज संचारकर्मीहरूसँग बोल्दै आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरि मलाई फसाउने प्रपन्च रचिएकोले मैले उक्त सहकारीमा खाता खोलेको, पैसा जम्मा गरेको, पैसा झिकेको तथा अपचलन गरेको भए त्यसको सप्रमाण अगाडि ल्याउन आग्रह गरे। मरो नाम लिएर कसैले गलत गरेको भए रबि लामिछाने पनि भिक्टिम हुन सक्छ, रबि लामिछाने पनि पीडित हुन सक्छ भनेर पनि रिपोर्टिङ्ग गरिदिने एउटा पत्रकारको खोजी गरेको छु उनले भने। सत्यतथ्य लेखिदिने र बोलिदिने यो देशमा म एउटा पत्रकार खोजिरहेको छु।
मैले गलत गरेको दिन कोही चाहिँदैन म यो पेशाबाट राजिनामा दिएर बाहिर निस्किन्छु तर मलाई कसैले छल गरेको रहेछ गलत गरेको रहेछ भने न्यायको अवसर मैले पनि बराबर पाउनुपर्छ। भर्खरै आएको एउटा नेतासँग मिडियाले पनि यति धेरै प्रतिसोध नराख्न आग्रह गरे।
सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलासुस्ती र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन ३ रास्वपाले ३ दिनसम्म दबाबमूलक पैदल यात्रा आयोजना गरेको छ। पर्सि ११ गते बुटवलमा दबाबमूलक पैदलयात्रा समापन हुनेछ।
पैदलयात्राका तस्बिरहरू:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे