२०८१ चैत्र २७, बुधबार
१० : ११ : २२
होटल व्यवसायी संघ चितवनले क्याम्पा चौरमा आयोजना गर्न लागेको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।
अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल हुन लागेको हो । फुड फेस्टिबलमा साना ठुला गरी ३९ वटा स्टल रहनेछन् । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछन् ।
फुड फेस्टिबलका लागि स्टल बुकिङ खुला गरिएको र साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट बताउनुभयो।
फुड फेस्टिबलमा पशुपती शर्मा, हास्य कलाकार सुवोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापती पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, प्रिति आले, अनु चौधरी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरु लगायत स्याडोज व्याण्डको प्रस्तुती सहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ।
फुड फेस्टिबलको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि रहेको छ भने हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिर्सोट रहेका छन् ।
फुड फेस्टिबलमा रैथाने खानेकुरालाई पहिलो प्राथमिकता सहित विविध सांस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जानकारी दिएको छ। वल्र्डलिंक कम्युनिकेशनले फुड फेस्टिबलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे