२०८१ मंसिर ७, शुक्रबार
विजय फाउण्डेसन नेपालको आयोजनामा सुरू हुने गैँडाकोट हाफ म्याराथनको तयारी पुरा भएको फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताए।
हिजो नै रुट निर्धारणसँगै सडकमा दिशा निर्देशको संकेत चिन्ह राख्ने कार्य सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनबाट सुरु हुने दौड क्रमशः विकू चोक, सागर मौरी नन्दन वन, भानु चोक, गैरी, जयश्री पुल, थुम्सीबाट जयश्री फुड्सबाट टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाचोक, इलाका प्रहरी कार्यालय, शिलान्यास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदी, मिलनचोक, कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदनसम्मको रुट निर्धारण गरिएको छ ।
दौडमा २१ किलोमिटरका लागि २५० जनाले नाम टिपाएका छन् । त्यस्तै विद्यार्थीतर्फ १८० जनाले नाम टिपाएका छन् भने ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, स्वयंमसेवक खटाइने छ ।
गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन आयोजित गैँडाकोट हाफ म्याराथन २०८० मा प्रथम पुरस्कार रु १ लाख, द्वितीय पुरस्कार ५० हजार रुपैँया, तृतीय पुरस्कार २५ हजार र उत्कृष्ट ७ जनालाई प्रति व्यक्ति रु ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरि महिलातर्फ उत्कृष्ट एकजनालाई रु २५ हजार पुरस्कार रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे