२०८१ मंसिर ८, शनिबार
रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ पौष २६ देखि माघ ८ गतेसम्म संचालन हुँदैछ। रत्ननगर महोत्सव-२०८० का अवसरमा दर्शकहरूलाई टिकट लिन थप झन्झट र हैरानी नहोस भन्नका लागि यस्तो व्यवस्था ल्याईएको रत्ननगर महोत्सव मूल आयोजक समिति संयोजक शंकर गिरीले जानकारी दिनुभयो।
यसरी लिनुहोस् अनलाईन टिकट:
१. सर्बप्रथम आफ्नो मोबाईलमा आईएमईपे एप डाउनलोड गर्नुहोस्।
२. एप डाउनलोड गरिसकेपछि आफ्नो मोबाइल नम्बर दर्ता गरि खाता खोल्नुहोस्।
३. आफ्नो खातामा पैसा लोड गर्नुहोस र होम स्क्रिनमै रहेको टिकट एण्ड ईमेन्टमा क्लिक गर्नुहोस्।
४. टिकट एण्ड ईमेन्ट लिङ्कमा क्लिक गरिसकेपछि सबैभन्दा माथी आउने टिकेटिङ्ग एण्ड ईभेन्ट क्लिक गर्नुहोस्।
५. त्यसपछि हजुरहरूले सुरूमै रत्ननगर महोत्सव २०८० भनेर ईभेन्ट देख्न सक्नुहुनेछ।
६. उक्त ईभेन्ट क्लिक गरिसकेपछि टिकेटमा क्लिक गरि आफुलाई आवश्यक परेको टिकट संख्या लेख्न प्लस चिन्ह क्लिक गर्नुहोस्।
७. त्यसपछि अगाडि बढी कुन माध्यमबाट टिकटको पैसा तिर्नेहो सो अप्सन क्लिक गर्ने अनि कन्टिन्यू गर्ने।
८. टिकट ओके गरिसकेपछि त्यसलाई स्क्रिनसट अथवा डाउनलोड गरेर महोत्सव स्थलमा रहेको बारकोड रिडरमा आफ्नो टिकट एकिन गरि महोत्सव प्रवेश गर्न सकिनेछ।
थप समाचार:
रत्ननगर महोत्सवको टिकट काट्ने दर्शकले मौलाकाली केबलकारमा पचास प्रतिशत छुट पाउने
रत्ननगर महोत्सवमा ४५० स्टल रहने, तीनलाख दर्शकले अवलोकन गर्ने अनुमान
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे