२०८१ चैत्र २०, बुधबार
जेठमा आएको हावाहुरीले परियारको घर उढाएको थियो । घर पूर्ण रुपमा क्षतिग्रस्त बनेपछि उहाँको परिवार अहिले छिमेकीकोमा बस्दै आएको छ । परियारको घर निर्माणको लागि पिल्लर र टिन लगाउने काम सकिएको छ । सोमबार उक्त घर निर्माणको एमाले केन्द्रीय सदस्य तिलक महत, जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, युवा संघ स्थायी कमिटी सदस्यहरु मदन गिरी र दिपक शर्मा लगायतले संयुक्त रुपमा शिलान्यस गर्नुभयो । घर निर्माणको शिलान्यास गर्दै प्रमुख अतिथि तिलक महतले विपन्न परिवारका लागि युवा संघले गरेको काम उदारणीय भएको बताउनुभयो ।
नेकपा एमाले र एमालेका जनवर्गिय संगठनहरु सदैव नागरिक प्रति उत्तरदायी रहेको उहाँले बताउनुभयो । नेकपा एमाले सरकारमा रहदा जनता आवास कार्यक्रम मार्फत धेरै घरहरु निर्माण भएको स्मरण गर्दै एमाले विपत्तिको समयमा उद्धार र विपन्न परिवार कहाँ सहयोग लिएर उपस्थित हुने गरेको बताउनुभयो ।
हाल नवलपुरमा संघीय संसद् एमालेको नहुदाँ जनताहरुमा केही निराशा पैदा भएको भन्दै उहाँले प्रदेशमा प्रतिनिधित्व गर्ने माननिय र स्थानीय सरकार मध्यविन्दु नगरपालिकामा एमाले नेतृत्व भएकाले तहाँबाट समेत जनहितकारी कार्यक्रमहरु लागु गरिने उल्लेख गर्नुभयो । एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले सरिता परियारको घर निर्माणमा युवा संघले देखाएको सक्रियताले जनताको घरसम्म पुग्ने र दुःख बुझ्ने पार्टी एमाले रहेको कुरालाई पुनः सिद्ध गरेको बताउनुभयो । उहाँले एमालेका हरेक जनवर्गिय संगठनहरु आफ्नो वर्गिय पक्षधरता र सम्बन्धी फाटमा क्रियाशिल रहेको बताउनुभयो ।
युवाहरुको लागि युवा संघ, महिलाहरुको लागि अनेमा संघ, विद्यार्थीहरुको लागि अनेरास्ववीयु, कृषकहरुको लागि किसान महासंघ, मजदुरहरुको लागि मुजदुर संगठन सहित सबै जनवर्गिय संगठनहरुले काम गरिरहेको बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सहइञ्चार्ज मदन गिरीले विपद् र विभेदमा परेका हरेक नागरिकहरुको अधिकार प्राप्तीका लागि युवा संघ सदैव अग्रसर रहने बताउनुभयो । विगतमा कावासोतीमा विपन्न परिवारका लागि घर निर्माण गरेको युवा संघले अहिले मध्यविन्दु नगरपालिकामा सितापरियारको लागि घर निर्माण गरिरहेको उल्लेख गर्दै आगामी दिन रचनात्मक कामहरुबाट जनतासम्म पुग्ने काम हुने बताउनुभयो ।
२०७२ सालको भुकम्प होस् वा हालै जाजरकोट र रुकुमको भूकम्प पीडितहरुको राहत, उद्धार र पुर्ननिर्माणमा एमाले जनता सम्म र बास्तविक पीडित सम्म पुगेको उहाँले बताउनुभयो । जनतामा आशा जगाउन नसकेको वर्तमान सरकारको कारण सरकार विहिनता जस्तै बनेको हालको अवस्थामा एमाले सदैव जनता संगै रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला इञ्चार्ज दिपक शर्माले विभिन्न माध्यामबाट युवा संघमा आवद्ध व्यक्तिहरुबाट प्राप्त सहयोगले सितापरियारको घर निर्माणको काम शुरु भएको बताउनुभयो । गत जेठमा घर भत्किएपछि घर बिहिन बनेको उहाँको परिवारका लागि यस अगाडी युवा संघले गरेको प्रतिबद्धता अनुसारको घर निर्माण शुरु भएको बताउनुभयो ।
वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान भारत हुदा सिता परियारले घर परिवार सञ्चालनको लागि गर्नु परेको संघर्ष र उहाँको कमजोर आर्थिक अवस्थालाई बुझेर नै उहाँको घर निर्माण शुरु गरिएको शर्माले बताउनुभयो । मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले परियारको घर निर्माणको लागि नगरपालिकाको तर्फबाट आवश्यक नियमानुसारको सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय युवा संघ नेपाल, नवलपुरका जिल्ला अध्यक्ष कृष्ण कण्डेले कुनै गैर सरकारी निकायबाट नभई युवा साथिहरुबाट प्राप्त सहयोगले घर निर्माणको अभियान सञ्चालन गरेको बताउनुभयो ।
घर निर्माणमा युवा संघले गरेको सहयोगबाट भावुक बन्नु भएकी परियारले युवा संघले आफ्नो लागि लगायएको गुन कहिल्यै नबिर्सने बताउनुभयो । उहाँले घर नहुदाँ आफुले भोग्नु परेको दुख सुनाउदै चाडै आफ्नै घरमा सर्न पाउने आशा व्यक्त गर्नुभयो । परियारको परिवारमा उहाँ, श्रीमान, दुई छोरी र एक छोरा हुनुहुन्छ । घर शिलान्यास कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेताहरु सहित जनवर्गिय संगठनका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे