२०८१ चैत्र २०, बुधबार
पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल,होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा पौष २९ गतेदेखि माघको २ गतेसम्म प्रथम पिप्रहर माघी मेला हुँदैछ।
देवचुली १७ पिप्रहर गाउँमा उक्त माघी मेला हुन लागेको ३ दिवसीय प्रथम माघी मेला आयोजना गर्न लागिएको मेला मुल आयोजक समितिका अध्यक्ष पलट प्रसाद चौधरीले बताउभयो।
स्थानीय रैथाने कृषि उत्पादनलाई बढावा दिन,स्थानीय श्रम र सीपको सम्बर्द्धन गर्न, ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न, परम्परागत खानाका परिकारहरु बिक्री गरि स्वरोजगारलाई टेवा दिने मेलाको उद्देश्य रहेको छ।
मेलाको प्रमुख आकर्षणका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन गरिने र मेला अवधिभर भलिबल प्रतियोगिता सँगसँगै स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ।
मेला अवधिभर होटल,होमस्टे तथा रेष्टुरेन्ट लगायत जंगल सफारीको लागि अग्रिम बुकिङ्ग गर्नेहरुलाई विशेष छुट दिईने आयोजकले बताएको छ।
३ दिनसम्म संचालन हुने मेलामा करिब १५ लाख खर्चको अनुमान गरिएको छ भने १० हजार मानिसहरु मेलाको अवलोकन गर्ने आयोजकले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे