२०८१ चैत्र २०, बुधबार
४० जना यात्रु बोकेर आउदै गरेको भे १ ख ४१२८ नम्बरको बस देवचुलीको अस्थायी प्रहरीपोष्ट दलदले नजिकै राजमार्गमा पल्टिँदा ४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाइते हुनेहरुमा विदुर नगरपालिका वडा नं. ३ की कृतिका शाही,जलेश्वर नगरपालिका वडा नं. १ घर भएका शनि पाण्डे, जुम्ला घर भएकी २३ बर्षिया अनिता नेपाली र बारबर्दिया नगरपालिका वडा नं. ५ घर भएका ३० वर्षका सुदिप केसी रहेका छन् ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे