२०८१ मंसिर ८, शनिबार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरेको हो ।
आयल निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे