२०८१ मंसिर ८, शनिबार
सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे ।
उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो ग¥यो । त्यही विषयलाई लिएर सञ्चारमाध्यमहरुले आतंक मच्चाए । यसका कानुनी पाटो होला कसले गर्यो, किन गर्यो , के कारणले गर्यो ? अनुसन्धान होला नि ।’
ग्यालेक्सी टेलिभिजनमा आफू कुनै लेनादेना नभएको मान्छे भएको भन्दै लामिछानेले आफूलाई आरोप लगाउनुभन्दा सहकारीपीडित लक्षित समाचार लेखिएका भए आधा समस्या समाधान भइसक्ने बताए ।
‘यति खोजी र मेहेनत सुन काण्डमा गर्दिएको भए सुनकाण्डका सबै जेल जान्थे । म सञ्चारजगतबाटै आएको मान्छे भएकाले मैले यति ठूलो सञ्चार माध्यमलाई रिर्पाेटिङ सिकाउने कुरा त आउँदैन । तर, थाहा पाइ पाइ किन नलेख्दिएको होला । कसैले बद्मासी गरेको हुन सक्छ भन्दिएको भए कानुनी रुपमा हेर्ला भन्ने हुन्थ्यो । ठाडै सोझै प्रत्येक्ष उनको संलग्नता भनेर कान्तिपुरले लेख्यो हेडलाइनमाथि हेडलाइन लेखेको लेख्यै, जसमा सत्य छैन,’ उनले भने, ‘विरोधीहरुलाई दसैं आएको जस्तो भएको छ । जसलाई विरोधको लागि विरोध गर्नु छ प्रमाणसहित बैंकबाट आएको कागज देखाउँदा पनि पुग्नेवाला छैन । सञ्चारमाध्यमलाई अनुरोध गर्छु म जस्तो नेता आउँछन् जान्छन्, सञ्चारमाध्यमको विश्वसनीयता गयो भने लोकतन्त्र खतरामा पर्छ । मेरो रिसले या अन्य नेताको रिसले सञ्चारमाध्यमको विश्वसनीयतामा सिंगो पुस्तालाई प्रश्न आउने वातावरण बन्द गरौं ।’
गलत हेडलाइन सच्याउन सञ्चारमाध्यम तयार हो त ? भन्दै प्रश्न गरेका उनले बेतिथिविरुद्ध लड्न सधंै समन्वय र सहकार्य गर्ने बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे