२०८१ चैत्र २०, बुधबार
निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका केन्द्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको र ९९.३२ प्रतिशत मत खसेको हो।
कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एक सय प्रतिशत र सुदूरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनले सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गरेको जानकारी दिए। १९ सिटका लागि भएको निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
जसमध्ये सत्ता गठबन्धनका १८ उम्मेदवार र एमालेकी एक उम्मेदवार विजयी भएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे