२०८१ मंसिर ६, बिहिबार
नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष १० जना र महिला ६ जना रहेको जनाइएको छ । नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
अहिले गैँडाकोटमा १६ जना, देवचुलीमा ७ जना, कावासोतीमा ८ जना, विनयी त्रिवेणीमा ३ जना र मध्यविन्दुमा ५ जना कुष्ठरोगीले औषधी सेवन गरिरहनुभएको छ । चालु आर्थिक वर्षमा ८ जना निको भएको छ । जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् ।
जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरहेको भए पनि नवलपुरमा नयाँ १६ जना थपिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यसले मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्नेगरेको भन्दै कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांसपेशीलाई कमजोर बनाउँछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे