२०८१ मंसिर ७, शुक्रबार
अटोमोवाईल्स डिलर्स एशोसिएशनले आगामी २ वर्षे कार्यकालमा गरिने कार्यक्रमहरुलाई लिपिवद्ध गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले कार्ययोजना तर्जुमा गोष्ठिको आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै अटोमोवाईल्स डिलर्स एशोसिएशनका अध्यक्ष राजन पियाले कार्ययोजनाले अवको दुई वर्षमा अटोमोवाईल्स डिलर्स एशोसिएशनलाई काहाँ पुर्याउने र के के कार्य गर्ने भनेर कार्यक्रमहरु तय गर्ने उद्देश्यले कार्ययोजना गोष्ठी आयोजना गरेको बताउनुभएको थियो । उहाँले सवारी साधनको प्रयोग मानविय दैनिक जिवनमा अति अवश्यकताको वस्तुको रुपमा विकास हुदै गएको र दुर्घटना पनी बढ्दै गएकोले सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रमहरु पनी हामी व्यवसायीले गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा अटोमोवाईल्स डिलर्स एशोसिएशनका संस्थापक अध्यक्ष ईश्वर कुमार श्रेष्ठले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउदै उहाँले संस्थाले छोटो अवधीमा सम्पन्न गर्ने कार्य र लामो अवधी लगाएर गरीने कार्य भनी सट ट्रम र लङ ट्रम योजना बनाएर संस्थालाई अगाडी बढाउनु पर्ने बताउनुभएको थियो ।
कार्ययोजना तर्जुमा गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा स्रोत व्यक्ती के.सीले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूर्ति गर्न सकिने बताउनु भयो । कार्ययोजना गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहयोग गनुभएको थियो ।
चितवन अटोमोवाईल्स डिलर्स एशोसिएशनका पदाधिारी कार्यसमिति र संघ सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम चितवन अटोमोवाइल्स डिलर्स एशोसिएशनको आयोजना एवम उद्योग वाणिज्य संघ चितवनको सहयोगमा सम्पन्न भएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे