२०८१ माघ १६, बुधबार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपरेकाले बजेट कटौती हुने देखिएको हो ।
जसमध्ये नवलपुरका मात्रै तीनवटा पालिकाहरू मूल्याङ्कनमा समाबेश छैनन्।
नवलपुरको बुलिङ्गटार गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, कावासोती नगरपालिका एफआरएभित्र नपरेकोले समानीकरण हुने बजेट तलमाथि पर्ने देखिन्छ।
पालिकाहरूलाई योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१ अंक, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २९ अंक, लेखांकन तथा प्रतिवेदनमा १७ अंक, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अंक र राजश्व व्यवस्थापनमा १७ अंक गरी १०० अंक पूर्णाङ्क तोकिएको थियो ।
१०० नम्बरको मूल्याङ्कनमा यो पटक उच्चतम ९९ र न्यूनतम १६ अंक दिइएको छ । चितवनको खैरहनीले उच्चतम अंक र रौतहटको बौधीमाई नगरपालिकाले न्यूनतम अंक प्राप्त गरेका छन्। जिल्ला समन्वय समितिमार्फत हरेक वर्ष मन्त्रालयले एफआए गर्दै आएको छ । यो वर्ष ५५४ वटा पालिकाको मात्र एफआरएको नतिजा प्रकाशन भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे