२०८१ मंसिर ६, बिहिबार
पूर्वी नवलपरासी सदरमुकाम कावासोतीमा राजमार्गमा दुघ पोखेर किसानले सरकार बिरुद्ध आक्रोस जनाएका हुन । अहिले बिहान १० बजेवाट कावासोती स्थित जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्दै किसानले महेन्द्रराजमार्ग अबरुद्ध गरेका हुन । दुधको भुक्तानी नपाएको र सरकार मुकदर्शक भएर बसेको भन्दै उनिहरुले सरकारको बिरोधमा नाराबाजी समेत गरेका छन ।
निकम्मा कृषिमन्त्री राजीनामा दे , किसानमारा सरकार मुर्दावाद, दुधको आयात बन्द गर , जस्ता प्लेकार्ड बोेकेको किसानहरु सडकमा नारावाजी गरेका छन । उनिहरुले मिल्क होलि डे बन्द हुनपर्ने र किसानको उत्पादन दुधको मुल्य र बिक्रिको जिम्मा सरकारले लिन पर्ने माग गरेका छन ।
महेन्द्रराजमार्गको कावासोतीमा दुध पोखेर नारावाजी गरेका कारण महेन्द्रराजमार्ग हुदै पूर्वपश्चिम हिडेका दर्जनौ गाडि कावासोतीमा रोकिएका छन । उनिहरुले अहिले सवा १२ बजे सम्म चक्काजाम गरेर सरकारको बिरोध गर्ने जानकारी दिए ।
पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दुघ बिक्रि हुदै आएको छ । दुग्ध उत्पादक किसानले स्थानिय सहकारी मार्फत बिक्रि गरेको दुधको भुक्तानी नपाएका कारण आन्दोलन गर्न परेको जनाएका छन । सहकारीले काठमाण्डौका दुध डेरीलाई दिएको दुधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे