२०८१ मंसिर ८, शनिबार
बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा एक सामुदायिक वनको काठलिलामीको टेन्डर फर्म किन्नका लागि पुगेका लामालाई वन कर्मचारीले वनको हिरासतमा राखेका थिए।
राष्ट्रिय युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै डिभिजन वन कार्यालय रौतहटले गरेको सो कार्यको घोर निन्दा गरेको हो।
चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव पुलामीले दिएको उजुरीका आधारमा लामालाई डिभिजन वन कार्यालय रौतहटले पक्राउ गरी हिरासतमा राखेको छ।
सो सामुदायिक वनमा रहेको २२०० क्युबिक काठ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामी र सब वन डिभिजन कार्यालय जुडिबेलाका प्रमुख सुरेश महत्वको मिलेमतोमा गोप्य रूपमा बिक्री वितरण गर्न लागेको थाहा पाएपछि पक्राउ परेका लामाले पनि काठ किन्न पाउनुपर्ने भन्दै टेन्डर फोरम लिन गएपछि उनलाई सुनियोजित रूपमा फसाइएको युवा संघ नेपालले जनाएको छ।
सो सामुदायिक वन छेउमै रहेको राष्ट्रिय वन क्षेत्रमा केही समय पहिला काटिएको काँचा खयरमा लामाको नाम मुसेर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामीले डिभिजन वन कार्यालय रौतहटमा उजुरी दिएपछि त्यसैका आधारमा वन कार्यालयले लामालाई पक्राउ गरेको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे