२०८१ मंसिर ७, शुक्रबार
उक्त एजुकेशन फेयर संस्थाको शहिदचोक नारायणगढस्थित कार्यालयमा आज सम्पन्न भएको हो ।
अमेरिका, बेलायत, आयरल्याण्ड,क्यानडा र अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको एजुकेशन फेयरमा ३०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने चाहना भएका बिद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्षरुपमा भेट्घाट गरि ती प्रतिनिधिहरुसंग डकुमेन्टेसन, कलेज फि, स्कलरशिप, सम्पूर्ण देशका भीषा सम्बन्धी पोलिसी लगायतका बिषयहरुमा जानकारी लिएको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका रिजनल म्यानेजर प्रकाश पौडेलले नवलपुर अनलाइनसँगको कुराकानीमा बताउनुभयो।
आज ८ जना विद्यार्थीले ट्युसन शुल्कमा १०० प्रतिशत छात्रवृत्ति पाएका छन् भने आज नाम दर्ता गराउनुभएका विद्यार्थीहरूले IELTS/PTE अध्ययनका लागि ६० प्रतिशत छुट पाएका छन्।
लक्कीड्र मार्फत विद्यार्थीहरूलाई स्मार्टवाच, बिभिन्न कक्षामा छुट सुबिधा, आईएलटिएस तथा पिटिई कक्षामा १०० प्रतिशत छुट, आईएलटिएस तथा पिटिई पुस्तक लगायतका आकर्षक उपहारको व्यवस्था गरिएको थियो।
छिट्टै फेसबुक लाइभ मार्फत उक्त पुरस्कारहरू घोषणा गरिने पौडेलले जानकारी गराउनुभयो।
कार्यक्रममा अमेरिका, युके, क्यानडा, आयरल्याण्ड र अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका २० भन्दा बढी प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिति रहेको थियो। साथै संस्थाका १२ जना कर्मचारीहरूले समेत काउन्सेलिङ्ग गर्नुभएको थियो।
बिगत १५ वर्ष देखि चितवनमा अब्बल शैक्षिक परामर्श केन्द्रको रुपमा सुपरिचित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले हरेक देशको लागि फरक फरक परामर्शदाताद्वारा परामर्श प्रदान गर्दै आइरहेको छ। कार्यक्रम बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्म सन्चालन गरिएको थियो।
आजको कार्यक्रमका थप तस्बिरहरू हेर्न यहाँ लिङ्क क्लिक गर्नुहोला।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे