२०८१ मंसिर ८, शनिबार
एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्यो कि बिनाश गर्यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ´दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन ।` उपमहासचिव ज्ञवालीले भने-´जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।`
उनले क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे । ´दश बर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो,` उनले भने-´ द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो । यो बिडम्बना हो ।`
एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन् । काग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको सम्बृदिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन् ।
केहीबेरमा सुरू हुने बन्द सत्रले एमाले रोल्पाको नयाँ जिल्ला कमिटी चयन गर्नेछ । अध्यक्षका लागि अमृत घर्ती,घनश्याम आचार्य,शान्तकुमार वली र रोशन वलीले दाबेदारी प्रस्तुत गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे