२०८१ चैत्र ३०, शनिबार
गत महिनामा मन्दिरमा करिब १८ हजार भक्तजनले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा आन्तरिक तथा बाह्य गरी १७ हजार नौ सय १२ तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरेका छन् । समितिको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका थिए ।
फागुनसमेत गरी एक लाख १६ हजार दुई सय १२ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।
वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सहज पुग्ने गर्दछन् । काफ्लेपाटीबाट पाँच किलोमिटर पदर्मागको प्रयोग गरेर पाथीभरा पुग्न सकिन्छ । पाथीभरामा हेलिकप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे