२०८१ चैत्र २०, बुधबार
सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रमको आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रस्टाका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन् ।
कृतिका बारेमा प्राध्यापक रमेश प्रभात र सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखेका थिए । त्यसैगरी उदय अधिकारी, बालकृष्ण थपलिया र गोविन्दराज विनोदीले मन्तव्य राखेका थिए । पुस्तकमा २३० वटा मुक्तक छन् । मूल्य ४००/- रुपैयाँ छ ।
कार्यक्रमको दोस्रो सत्रमा स्रस्टा पौडेलसँग पुष्प अधिकारी अञ्जलीले संवाद गरेका थिए । भरतपुर गौरीगञ्जका स्थायी बासिन्दा पौडेल पछिल्लो समय क्यानडामा बसोबास गर्दै आएका छन् ।
पौडेलका यसअघि `गजलपथका यात्रीहरू´ र `गजल बिम्ब´ गरी २ वटा संयुक्त गजलसङ्ग्रह तथा `आधारभूत मत्स्यपालन´ र सहलेखनका रूपमा `कार्प, सिद्रा माछा, तरकारीको एकीकृत पालन प्रविधि´ गरी ४ वटा कृति प्रकाशित छन् । सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे