२०८१ मंसिर ६, बिहिबार
वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुने छ । ७ सय ५३ पालिकामध्ये गैंडाकोटबाट पहिलो पटक अनलाइन प्रणाली सुरु भएको दाबी गरिएको छ ।
केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैंडाकोट ७ की प्रकृति सापकोटाको अनलाइन सिफारिस गरेर सुरुआत गरेका हुन् ।
अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने जिल्ला प्रशासन कार्यालय पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले विश्वास व्यक्त गरिन् ।
तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सञ्चालन भए पनि आगामी दिनमा राष्ट्रिय परिचय पत्र तथा अन्य परिचयपत्र निर्माणमा पनि अनलाइन सेवा सुरु गर्ने तयारी छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे