२०८१ चैत्र २०, बुधबार
आज विभिन्न ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ५६ हजार ३२१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.९९, गुराँस लघुवित्तको ९.९७, तारागाउँ रिजेन्सी होलाको ९.९० प्रतिशतले बढेको छ ।
त्यस्तै आज सबैभन्दा धेरै मुल्य घट्नेमा पिपुल्स पावर लिमिटेडको सबैभन्दा बढी ९.०५ प्रतिशत, सर्बोत्तम सिमेन्टको ५.८५ प्रतिशत मुल्य घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २३ करोड ३२ लाख ९१ हजार ६१२ बराबरको शेयर कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे