२०८१ मंसिर ८, शनिबार
सो को तयारिका लागि गैँडाकोट नगरपालिका वडा नम्बर ३ मा योजना तर्जुमा कार्यक्रम आज सम्पन्न भएको छ ।
“हो ! हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने अभिप्रायका साथ प्रतिवद्धता पत्रमा हस्तारक्षर अभियान पनि सँगै अघि बढेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
वडा स्तरमा सुक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त बनाई राष्ट्रिय अभियानलाई सफल बनाइने क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्यसस्था व्यवस्थापन समितिका अध्यक्ष एवं ३ का वडाअध्यक्ष शिवकान्त तिवारी , वडा सदस्यहरु एवं टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यसअघि गैँडाकोट स्वास्थ्य शाखाले समुदायमा सचेतना कार्यक्रम, अभिमुखिकरण लगायतका कार्यक्रम गरिसकेको छ । गैँडाकोटमा गत आर्थिक वर्ष १२९ जनामा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षमा ८५ जनामा पुष्टि भइसकेको पाइएको र अन्यको खोज पड्ताल जारी रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश पोख्रेलले जनाएका छ्न । कार्यक्रम हिजो र आज दुईदिन वडा नं. ३ को आधारभूत स्वास्थ्य इकाईको भवनमा सम्पन्न भएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे