२०८१ मंसिर ९, आईतबार
मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।
दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
श्रीलंकामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ । सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे