२०८१ चैत्र २६, मंगलबार
१६ : ४१ : ५९
गैँडाकोट नगरपालिका सोह्र नम्बर चोकमा चोरमाराबाट हेटौडा तर्फ जादै गरेको लु ३ च ५२७१ नं. को बलेरोले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिएको थियो।
ठक्करबाट साईकल चालक सोही ठाउँ बस्ने बर्ष २० को प्रवेश शर्मा घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ।
घाईतेको दाहिने कानको पछाडिको भागमा चोट लागेको र उनको अवस्था मध्यम रहेको अस्थायी प्रहरी पोष्ट बेल्डियाले जानकारी गराएको छ। ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे