२०८१ चैत्र १८, सोमबार
देवचुली नगरपालिका १७ स्थित वडा कार्यालय अगाडी भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको लु ८ प ५९०४ नं को मोटरसाइकल दुर्घटनामा परेको हो।
मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुंदा चालक देवचुली १६ बस्ने बर्ष ४५ को राम बहादुर सोमै मगर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा ल्याईएको छ।
निजको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेको र निजको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी बताउनुभयो।
प्रहरीले घटनास्थलमा खटी गई दुर्घटना भएको मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे