२०८१ माघ १६, बुधबार
आज दिउसो करिब १२:३० बजेको समयमा कावासोती १४ अग्यौली स्थित बुद्धिराम महतको खेतमा धान रोप्ने क्रममा दिल कुमारी थरुनीलाई चट्याङ्ग लागेको थियो।
खेतमा रोप्दै गरेकी वर्ष ४६ की दिल कुमारी थरुनीलाई अचानक चट्याङले लाग्न गई गम्भीर घाईते भएकी थिइन्। अनुहार सुन्निएको अवस्थामा प्रहरीको सहयोगमा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भर्ना गरिएको थियो।
थप उपचारका लागि भरतपुर चितवन लैजाने क्रममा मृत्युको शंका लागि देवचुली नगर अस्पताल दुमकौलीमा ल्याई ईसिजी गर्दा साँझ ५ बजेर ४५ मिनेटमा थरूनीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे