२०८१ मंसिर १८, मंगलबार
भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित अरोमा कलेजले शैक्षिक सत्र २०८१/८२ का लागि नयाँ विद्यार्थी भर्ना आह्वान गरेको हो।
कक्षा ११ मा विज्ञान र व्यवस्थापन विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको कलेजका प्रिन्सिपल शेर बहादुर क्षेत्रीले बताउनुभयो।
कक्षा ११ को बिज्ञान तर्फ जैबिक बिज्ञान (Bio Science) र कम्प्युटर बिज्ञान (Computer Science) तथा व्यवस्थापन तर्फ Hotel Management र General Management बिषयमा नयाँ भर्ना खुलाईएको हो।
विद्यार्थीले असार १८ गतेसम्म कलेजको लेखा शाखाबाट फारम भरि नाम दर्ता गर्न सक्नेछन्। विद्यार्थीले असार १९ गते बिहान ७:३० बजे पहिलो चरण र बिहान ११ बजे दोस्रो चरणमा प्रवेश परिक्षा दिन सक्ने क्षेत्रीले बताउनुभयो।आज शनिबार समेत कलेजको लेखाशाखाबाट धमाधम फारम बितरण भैरहेको हुँदा समयमै आफ्नो सिट सुरक्षित गर्न समेत कलेजले अनुरोध गरेको छ। प्रवेश परिक्षाको नतिजा असार १९ गते साँझसम्म प्रकाशित गर्ने उहाँले बताउनुभयो।
बिज्ञान तर्फ ४३२ र व्यवस्थापन तर्फ ४३२ गरि कूल ८६४ जनाका लागि नयाँ भर्ना लिन लागिएको अरोमा कलेज प्लसटूका कोर्डिनेटर विष्णु खरेलले बताउनुभयो। बिज्ञान र व्यवस्थापन संकायमा कूल ९ वटा सेक्सन रहनेछन्। गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई कलेजले छात्रबृत्तिको पनि व्यवस्था गरेको छ। भरतपुर महानगरपालिकाले तोके बमोजिम ९० जना विद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गरिने उहाँले जानकारी दिनुभयो।
हालै प्रकाशित एसईई २०८० मा नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पूर्ण छात्रबृत्तिमा अध्यापन गराईनेछ। त्यस्तै कलेजले लिने प्रवेश परिक्षामा उत्कष्ट नतिजा ल्याउने र अन्य एसईईको अङ्क हेरेर उत्कृष्ट विद्यार्थीलाई समेत छात्रबृत्ति दिईने खरेलले बताउनुभयो।
कलेजको उच्चस्तरीय भूकम्प प्रतिरोधी भवनहरु, ल्याब सुबिधा, ठूला र व्यवस्थित कक्षाकोठा, स्वच्छ र शान्त वातावरण, लाइब्रेरी र क्यान्टिनको सुबिधाहरु रहेका छन्।साथै विद्यार्थीको यातायातको सुबिधाको लागि नवलपुरको डण्डा देखी पूर्वी चितवनको भण्डारा लगायत मेघौलीसम्म कलेजका १९ वटा बसहरू संचालन रहेका छन्।
अर्को खुशीको कुरा त के छ भने कलेजका दुई विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा जाने भएका छन् । म्याथम्याटिकल एसोशिएन अफ नेपाल-२०२४ को आयोजनामा भएको नेशनल म्याथम्याटिक्स ओलम्पियाड २०२४ को प्रि-टेस्टमा प्रथम भई द्रोर्ण चौधरी अन्तर्राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गर्न गर्न बेलायत जान लागेका कलेजका प्रिन्सिपल शेर बहादुर क्षेत्रीले बताउनुभयो।
त्यस्तै, इन्टरनेसनल फिजिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै योगेन्द्र शर्मा इरान जान लागेका हुन् । शर्मा नेशनल लेभल फिजिक्स ओलम्पियाड २०२४ प्रतिस्पर्धामा प्रतिस्पर्धामा नेपाल द्वितीय भएका थिए । चौधरी र शर्मा दुवै अरोमा कलेजका विद्यार्थीहरु हुन् ।
यो वर्ष २२ जना अरोमाका विद्यार्थीले अमेरिकाको ख्यातिप्राप्त युनिभर्सिटीमा पूर्ण छात्रवृत्ति पाएको कलेजले जनाएको छ । एमबिबिएसमा ८ जनासहित अन्य मेडिकल (नर्सिङ्गमा) तथा इन्जिनियरिङ तर्फ ३२ र एजी भेटनरी लगायतका बिषयहरूमा तर्फ ५० जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।
Inquiry Form
+2 Science | Management | HM
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे