२०८१ चैत्र १८, सोमबार
साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। एफपीओ जारी गर्दै सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन लागिएको हो।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गर्नेछ।जसबाट कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ संस्थाले उठाउने छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले एफपीओ जारी गरेको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे