२०८१ चैत्र १९, मंगलबार
अहिले कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि स्नातक तहमा ४ वर्षे बीइ कार्यक्रममा भर्ना खुलेको छ । इन्जिनियरिङ अध्ययनमा छनोट हुन लागिका लागि यही भदौं ६ गते दिउँसो २ः३० बजे प्रवेश परीक्षा राखिएको युटेक कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिए । उनका अनुसार प्रवेश परीक्षाका लागि धेरै विद्यार्थीहरुले फारम भरेका छन् । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि सिट संख्याको आधारमा भर्ना प्रक्रिया सुरु हुने ढकालले जानकारी दिए ।
युटेक कलेजमा अहिले बी.इ.कार्यक्रम अन्तरगत चार वटा कोर्षमा अध्यापन हुँदै आइरहेको छ । बीइ इन सिभिल इन्जिनियरिङ, बीइ इन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङ र बीइ इन कम्प्युटर इन्जिनियरिङ र बीइ इन्फरमेशन टेक्नोलोजी (आइटी) इन्जिनियरिङ गरी यी चार कोर्षमा अध्ययनका लागि अहिले भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङमा ९६, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्समा ४८, कम्प्युटर इन्जिनियरिङमा ४८ र आइटी इन्जिनियरिङमा ४८ जनाको सिट रहेको छ । आइटी इन्जिनियरिङ चितवनमा पहिलो र एक मात्र युटेक कलेजमा पढाई हुन लागेको हो ।
कलेजले विद्यार्थीहरुको सहजताको लागि विभिन्न प्रकारका छात्रवृत्ति समेत घोषणा गरेको छ । विभिन्न कोर्षमा १५ प्रतिशतसम्म छुटको सुविधा दिइएको छ भने कक्षा १२ मा ४ जीपीए अंक ल्याएका विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । यस कलेजले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानमुलक शिक्षालाई पनि विशेष जोड दिएको छ ।
यस कलेजले इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) समेत अध्यापन गराउँदै आएको छ । चितवनमा यही कलेजले नै पहिलोपटक इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) पढाउन थालेको हो । यस कार्यक्रम अन्तरगत २ वर्षे कन्सट्रक्सन म्यानेजमेण्ट कोर्षमा अध्यापन हुँदै आइरहेको छ । यस तहमा पढ्नका लागि १५ जनाको मात्रै सिट संख्या रहेको छ । यस्तै ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयमा पनि यहाँ मास्टर्सको अध्यापन हुँदै आइरहेको छ । दुई वर्षे ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयका लागि ३० सिट संख्या रहेको छ । यी दुवै कार्यक्रमहरु चितवनमा युटेक कलेजमा मात्रै अध्यापन हुँदै आइरहेको छ । मास्टर्समा वर्षमा दुई पटक भर्ना खुल्ने गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे