२०८१ चैत्र २५, सोमबार
१९ : ४४ : ५१
जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले भरतपुर अस्पतालका डा. प्रकाश खतिवडाको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरेको हो।
छानविन समितिले एकहप्ता भित्र सत्यतथ्य बुझी प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । साथै घटनाको विषयमा थप छानविन गर्न गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सीललाई अनुरोध गर्ने समेत निर्णय भएको हो ।
छानविन समितिबाट प्रतिवेदन प्राप्त भए पश्चात प्रतिवेदनमा उल्लेख भएवमोजिम कारवाही अगाडी बढाउने र मृतक काफ्लेको शव भरतपुर अस्पतालबाट पीडित पक्षले बुझ्ने सहमति भएको छ ।
डाक्टर खतिवडाको संयोजकत्वमा भएको छानविन समितिको सदस्यहरुमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका ऐनेस्थेसिया डा. प्रदिप थापा, प्रहरी निरिक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशाासकीय अधिकृत अन्तिम सिंजाली, पीडित पक्षको तर्फबाट अधिवक्ता रमेश काफ्ले र मन्दिरा काफ्ले सदस्य रहेका छन् ।
थप समाचार:
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा गैँडाकोटकी सम्झना काफ्लेको मृत्यु
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे