२०८१ मंसिर ६, बिहिबार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा नवलपुरका सबै पालिकाहरूलाई पछि पार्दै गैँडाकोट नगरपालिका पहिलो हुन सफल भएको हो ।
गण्डकी प्रदेशका स्थानीय तहहरुमध्ये गैँडाकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिका प्रदेशकै पहिलो स्थानमा पर्न सफल भएका छन् । गैँडाकोट र बेनीले समान ८७ अंक प्राप्त गरेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो।
मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय सरकारको संस्थागत क्षमता मूल्यांकन गरेको थियो। स्थानीय सरकारको क्षमता मूल्यांकनका लागि १० क्षेत्र र सूचक तोकिएको थियो।
मूल्यांकनमा जिल्ला र प्रदेशकै प्रथम नगरपालिकाको रुपमा पर्न सफल भएको भन्दै खनालले नगरप्रमुखको समन्वयकारी भूमिका र कर्मचारीहरुको मेहनतका कारण यो नतिजा प्राप्त भएको जानकारी दिनुभयो।
गैँडाकोटले वित्तिय एवंम् आर्थिक ब्यवस्थापनमा १०,सेवा प्रवाहमा १४.५, भौतिक पूर्वाधारमा ११.५, शासकीय प्रवन्धमा ७.७५, संगठन तथा प्रशासनमा ६,बार्षिक बजेट तथा योजना तर्जु व्यवस्थापनमा ९.५,,न्यायीक कार्यसम्पादनमा ७ ,,समाजिक समावेशीकरणमा ७.५ र वाताबरण संरक्षण तथा विपत् व्यवस्थापनमा ८ अंक सहित कुल ८७ अंक प्राप्त गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे