२०८१ मंसिर ६, बिहिबार
बिनयी त्रिवेणी गाउँपालिका ७ रानिनगर स्थित भोला सिंह क्षेत्रीको निर्माणाधिन घरको ट्वाईलेटको सेफ्टी ट्यांकी भित्र काम गर्ने क्रममा बिहान ११ बजे उनीहरू लडेका थिए।
बेहोस अवस्थामा भेटिएका उनीहरूलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता नवलपरासी पश्विम पठाईएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो।
त्यहाँ थप उपचार हुन नसकी उनीहरूलाई भैरहवा मेडिकल कलेज रुपन्देही पठाईएकोमा दिउसो तीनैजना कामदारको मृत्यु भएको हो।
मृत्यु हुनेमा बिनयी त्रिबेणी गाँउपालिका वडा नं. ७ बस्ने भोला सिंह क्षेत्रीको छोरा बर्ष ३८ को प्रकाश सिंह क्षेत्री रहेका छन्। उनको दिउसो १:२५ बजे मृत्यु भएको छ। उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) मा रहेको छ। अर्का मृतक सोही स्थान बस्ने शिव बोगटीको छोरा बर्ष १९ को गणेश बोगटी को दिउसो १:४० बजे मृत्यु भएको र उनको शव भिम अस्पताल भैरहवा रुपन्देही राखिएको छ।
बर्दघाट नगरपालिका बडा नं. ७ बस्ने बर्ष २८ को मोहम्द राजाको दिउसो १:४० बजे मृत्यु भएको र उनको शव पनि भिम अस्पताल भैरहवा रुपन्देहीमा रहेको पौडेलले जानकारी दिनुभयो। उनीहरूको शव पोष्टमार्टम हुन भने बाँकी छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे