२०८१ मंसिर ६, बिहिबार
डाँडामा टिनले छाएका केही थान टहरा
घाम चर्कदा आकाशमा तारा चम्के जस्तो लाग्ने
पानी दर्कंदा आकाश नै चर्के जस्तो लाग्ने
जहाँ भविष्यका सुन्दर सपनाहरु जगाइन्थ्यो
भोलिका देश बनाउने कर्णधार बन्न पढाइन्थ्यो
कोमल दिमागमा डाक्टर इन्जिनियर चढाइन्थ्यो
पढाइ भनेकै सरकारी जागिर खान भन्ने गराइन्थ्यो।
——————————————-
यसरी जगाइएका सपनाहरुले डोर्याउँदै
डाक्टर इन्जिनियर वन्न भनी सिकाइएको म
आज त्यही सपनाको सरकारी सेवामा आएको छु
पढाइ के जागिर के भन्ने बुझ्न पाएको छु
हिजो सरकारी जागिर भन्ने मात्रै सुनेको म
आज निजामती सेवालाई केलाउन लाएको छु।
————————————-
मेरा थुप्रै सहपाठीका पनि सपनाहरु थिए
सरकारी जागिर खाएर हाकिम वन्ने भन्थे
वालसुलभ मनमा भरिए जस्तो कहाँ हुन्थ्यो र सबै
नदिको खालजस्तै केही किनारा लाग्थे केही अनन्त वग्थे
सपना पुरा हुनेहरु भवसागरमा डुवेजस्तो गर्थे
किनारामा छाडिनेहरु विशाल सागरको मात्रै चर्चा गर्थे।
——————————————-
हो म मैले हिजो बुझेजस्तो सरकारी जागिरे छु
आज निजामती कर्मचारीको लोगो लगाएको छु
हिजो जीवन धात्रे आधार भन्ने मात्रै बुझेको म
नागरिक र राष्ट्र सेवामा जुटेको छु
डाक्टर इन्जिनियर मात्रै कहाँ हुने रैछ र
समग्र निजामती सेवाको अन्तरवस्तुमा डुवेको छु ।
————————————-
मैले बुझेको छु हाम्रो देश बनाउने जिम्मा छ
नागरिकका समस्या सम्बोधन गर्नु छ
सार्वजनिक सेवा र देश विकासका संवाहक बन्दै
सु सौम्य र सुसम्पन्न राष्ट्र निर्माणमा लाग्नु छ
निजी जीवनलाई बाँधेर समर्पण राज्यलाई गर्नुछ
सारा कानून र परिवेशभित्रबाटै छिटो छरितो गर्नुछ
अनगिन्ती चाहना, भावना र आवश्यकता छन् नागरिकका
सिमित श्रोत, साधन र परिधिभित्रबाटै समेट्नुछ।
————————————-
हामीले गरेको त्याग समर्पण उसले नवुझेर हो कि
किनारामा छाडिएर सागर नचुमेर हो कि
निलो खोल भित्रको सेतो सुकिलो मन नपरेर हो कि
राज्य दोहन र सेवा सुविधाको भेद नबुझेर हो कि
कि उनका गर्ने नमिल्ने काम गरेन भनेर हो कि
कि साँच्चै हामीले सहज सेवा गर्ने नसकेर हो
आज हामी माथि बार बार प्रहार भइरहेको छ
काम गर्न भन्दा नगर्ने वेश जस्तो गराइएको छ
खेलाइएको छ खेल्न खोजिएको छ हामीभित्र
कैले फुटवल त कहिले चेसका पात्र वनाइएको छ
धेरैको कल्पना अनि सपनाको निजामती सेवालाई
आज कमजोर अनि के के उपनामले उपहास गरिएको छ
हिजो सरकारी जागिरको सपना भर्ने ती गाउँका टहराहरुमा
डाक्टर इन्जिनियर हैन विदेश जाने नक्शा सिकाइएको छ।
————————————-
हामी निजामती हाम्रो प्यारो र गर्विलो यो सेवालाई
हामीले अझ उचाइमा पुर्याउनुछ
कनिका र भुसहरु केलाएर सग्ला चामल बनाएझैँ
हामीले आफूलाई केलाउनु छ
भावी पुस्तालाई राष्ट्र सेवामा आकर्षण गर्ने सन्देश छर्दै
सारा भ्रम र यथार्थ चिर्दे
देश विदेश सर्वत्र गुण गाउने गर्विलो सेवा बनाउनु छ
निजामती सेवा दिवसको यही सन्देश र शुभकामना छ।।
सचिव, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रवेश
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे