२०८१ चैत्र ८, शुक्रबार
चितवनको रत्ननगर न.पा.३ शान्तिचोक स्थित बिहान अन्दाजी २:१० बजेको समयमा उक्त दुर्घटना भएको हो। बिरगन्जबाट कुखुराको दाना लोड गरि भरतपुर तर्फ आई रहेको ना८ख २८१८ नम्बरको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
बागमती प्रदेश ०६-००३प ४८५१ नम्बरको मोटरसाइकल चालक रत्ननगर १५ बस्ने बर्ष ३४ को जीवन मग्राती गम्भिर घाईते भई बकुलर अस्पताल टांडीमा उपचारको क्रममा बिहान ०२:४२ बजेको समयमा मृत्यु भएको छ। कन्टेनर र चालक बारा जिल्ला गडीमाई न.पा.५ बस्ने बर्ष ३६ को श्याम सुन्दर सहनी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे