२०८१ चैत्र १८, सोमबार
यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।
आइफोन- १६ को ७९९ डलर मुल्य तोकिएको छ भने आइफोन- १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन- १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ ।
यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।
आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।
आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।
आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।
त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे