२०८१ चैत्र ७, बिहिबार
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोमा दिउँसो बससँग ठोक्किएर अनियन्त्रित भएको पिकअप भ्यानले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दिउँसो चार बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ५५१९ नम्बरको पिकअप भ्यान नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग २ ख ८५५ नम्बरको बससँग ठोक्किएको थियो । दुर्घटनापछि अनियन्त्रित भएको पिकअप भ्यान साइकलसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका साइकलयात्री थापालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याएकोमा चिकित्सकले पाँच बजे थापालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे