२०८१ चैत्र ६, बुधबार
प्रमुख अतिथि तामाङ्गले स्वदेशी उद्योगहरुबाट नै उत्पादन भएका वस्तुहरुलाई मेलाको माध्यमबाट एउटै छानामुनी प्रदर्शनी तथा प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलाले समग्र उद्योग क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । पर्व मेला अन्तर्गतको वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको आयोजक संस्था, वेश ग्लोबल प्रा।लि।का अध्यक्ष होमनाथ उपाध्यायले मेलाको बारेमा जानकारी गराउनु भएको थियो । समुद्घाटन कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, जिल्ला समवन्य समितिको कार्यालयका प्रमुख नारायण प्रसाद अधिकारी, फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशनका अध्यक्ष रुद्र न्पौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२०८१ असोज १ गतेदेखी असोज २४ गतेसम्म सञ्चालन गरिनेछ मेलामा बेश ग्लोबल प्रा.लि. शुभकामना फुटवेयर इण्डष्ट्रिज, लालीगुराँस फुटवेयर इण्डष्ट्रिज, भेनस सुज इण्डष्ट्रिज, पवित्रा शु इण्डष्ट्रिज प्रा।लि।, आर्जन फुटवेयर एण्ड गार्मेन्ट इण्डष्ट्रिज प्रा.लि. सुरबी पोलिमर्स, शिखर शु इण्डष्ट्रिज प्रा।लि। बाट उत्पादित बि।एफ।डियर हिल, बि।एफ।स्पोटस्, फष्ट वाल्क, क्रस रोड, स्मार्ट शुज, शिखर शुज, हाई लाईफ, शुज ल्याण्ड लगायतका ब्राण्डका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिनेछ ।
करीब ३० हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको मेलामा प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ । साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्ने व्यवस्था रहेको छ ।
५० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको पर्व मेला २०८१ ले विश्वमा देखिएको आर्थिक मन्दीको कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र भरतपुर भ्रमण वर्ष २०२४ मा आन्तरिक पर्यटकलाई आर्कषण गर्न सहयोगी हुने विश्वास लिइएको छ । निःशुल्क प्रवेशको व्यवस्था सहित आयोजना हुने पर्व मेला २०८१ बिहान ९ः०० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको शुभारम्भ कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे