२०८१ चैत्र ६, बुधबार
गैंडाकोट नगरपालिका वडा नं. ६ का बर्ष ५५ का नेप्ते कुमाललाई गैंडाले साँझ ५:३५ बजेको समयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय,
नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो।
उनलाई वडा ६ मा रहेको नगरवनमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो। घाईते कुमाललाई प्रहरी टोलीले उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाएको छ। घाइतेको ढाँडमा सामान्य चोट, श्वास प्रश्वासमा समस्या रहेको पौडेलले जानकारी दिनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे