२०८१ चैत्र ६, बुधबार
नेपालको विकास प्रक्रियालाई टेवा पुग्ने विविध विषयका आधा दर्जनभन्दा बढी पुस्तक लेख्नुभएका लमजुङ निवासी घिमिरेले समावेशी लोकतन्त्र प्रबर्द्धन तथा सहभागीमूलक विकासका अनेक आयाममा नियमित रूपमा कलम चलाई राष्ट्रिय पत्रपत्रिकाहरूमा समेत सयौं आलेख लेख्नुभएको छ । जुर्मराएको बखत, प्राकृतिक स्रोतमा नागरिक सर्वोच्चता, समृद्ध कर्णालीको दुःख, सामुदायिक अधिकार, जनकेन्द्रित वकालतलगायतका उहाँका पुस्तकहरू चर्चित छन् ।
नेपानको ३०औँ वार्षिक साधारणसभाको अवसर पारेर असोज ५ गते शनिवार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी तथा नेपानका अध्यक्ष भोला भट्टराईले उहाँलाई उक्त पुरस्कार तथा सम्मानपत्र अर्पण गर्नुभएको हो । सम्मानको राशि १० हजार रुपैयाँ रहेको छ ।
वि.सं. २०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधन भएपश्चात् उनको स्मृतिमा उनका बाबा–आमा चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैत महिनामा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोही रकमको ब्याजबाट हरेक वर्ष नेपान सदस्य वा गैरसदस्य विकास–लेखकहरूलाई सम्मान गर्ने प्रचलन छ । घिमिरेसमेत सो पुरस्कारबाट हालसम्म ७ जना विकास–लेखकहरू सम्मानित भइसक्नु भएको छ ।
सोे पुरस्कारबाट वि।सं। २०७५ मा पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडालाई, २०७६ मा द्वन्द्वविद् डा। विष्णुराज उप्रेतीलाई, २०७७ मा प्रशासन तथा व्यवस्थापनविद् डा.मानबहादुर विश्वकर्मालाई, २०७८ मा कृषि एवम् ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापालाई, २०७९ मा नेपाली मोडेलको सकारात्मक सोच पद्धतिका प्रबर्द्धक डा. चण्डीप्रसाद चापागाईंलाई र २०८० मा महिला अधिकार तथा पोषणका विषयमा कलम चलाउने वरिष्ठ अभियन्ता डा. अरुणा उप्रेतीलाई सम्मान गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे