२०८१ चैत्र ६, बुधबार
बुधबार विहान भरतपुर महानगरपालिकाको डोजरले भवन भत्काएको महानगरपालिकाका इन्जिनियर सूर्य लामाले जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा नहटाएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित हुनुभएको थियो ।
तीन धुरमा निर्माण गरिएको भवनले पूर्व–पश्चिम राजमार्गको २० प्रतिशत जग्गा मिचेको छ । मापदण्डविपरित र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगरप्रमुख रेनु दाहालले बताउनुभयो ।
वर्षाैदेखि सरकारी जग्गा हडपेर ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने प्रचलनलाई तोड्न लागेको उहाँले बताउनुभयो । महानगरले पुङ्गी खोला सौन्दर्यकरणको काम गरिरहेको छ । यो खोलाको जग्गा मिचेर निर्माण गरिएको अन्य भवनसमेत भत्काउने तयारीमा महानगर छ ।गोरखापत्रबाट/तस्बिर: कायाकैरन
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे