२०८१ चैत्र ६, बुधबार
चितवनको खैरहनी नगरपालिका १ बहेराचोक स्थित पुर्व महेन्द्र राजमार्गमा प्र.२-०३-००१ च ५९५९ नं. को आईचर बलेरो गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा जिल्ला रौतहट कटहरिया नगरपालिका १ बस्ने बर्ष ७० को लोचन यादव रहेका छन्। बेलेरोबाट गम्भीर घाईते भई उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा डाक्टरले साँझ ८ बजे मृत घोषणा गरेको थियो। उनलाई बेलुकी ७:३० बजे बलेरोले ठक्कर दिएको थियो। चालक जिल्ला पर्सा गढिमाई न.पा.३ बस्ने बर्ष २६ को प्रदिप पटेल नियन्त्रणमा रहेको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको रिजालले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे